सोलुखुम्बु:बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सम्पन्न भएको छ ।
शिक्षा शाखा र गाउँपालिकाको सयुक्त आयोजनामा संचालित आधारभूत तहमा कक्षा १ देखि ५ सम्म र ५ देखि ८ सम्मका आधारभुत तहका बिद्यालयहरुको सहभागितमा नृत्य तथा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको थियो । त्यस्तै मा.बि हाजिरी जबाफ प्रतियोगिता भएको थियो ।
१- ५ अन्तरगतको नृत्यतर्फ १३ वटा सहभागि बिद्यालय मध्य प्रथम मञ्जुश्री आधारभुत बिद्यालय लिखुपिके ३ , चज्द्रज्योती मा.बि. लिखुपिके ५ द्वितिय , र बुडाकिन्जा आधारभुत बिद्यालय लिखुपिके ५ तृतिय भएका छन । त्यस्तै बुद्व माबि लिखुपिके २ ले सान्त्वना भएका छन ।

त्यस्तै आधारभुत अन्तरगत नै ५-८ नृत्यतर्फ लिखुपिके ३ मा रहेको हिमगंगा माबि प्रथम,लिखुपिके २ मा रहेको बुद्व माबि द्वितिय, जनसेवा आधारभुत बिद्यालय लिखुपिके ४ तृतिय र चन्द्रज्योती माबि लिखुपिके ५ भकान्जेले सान्त्वना स्थान हात पारेका छन । बिजय प्रतियोगिहरुलाई क्रमश
क्रमश , ६ हजार, ४ हजार, ३ हजार र १ हजारको साथमा प्रमाणपत्रको बितरण गरिएको थियो ।
हाजिरी जबाफ माबि तर्फ लिखुपिके २ को बुद्व माबि प्रथम, लिखुपिके ५ मा रहेको चन्द्रज्योती माबि द्वितिय , र लिखुपिके ३ मा रहेको हिमगंगा माबि तृतिय भएका छन ।
त्यस्तै हाजिरी जबाफ प्रतियोगिता ६-८ तर्फ बुद्व माबि लिखुपिके २ प्रथम, चन्द्रज्योती माबि भकान्जे द्वितिय, जनसेवा आधारभुत बिद्यालय लिखुपिके ४ तृतिय र बुडाकिन्जा आधारभुत बिद्यालय लिखुपिके ५ सान्त्वना स्थान हासिल गरेका छन । बिजय प्रतियोगिहरुलाई क्रमश ६ हजार, ४ हजार, ३ हजार र १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै आफ्नो प्राथमिकतामा शिक्षा रहेकोले बालबालिकाको भविष्य प्रति आफु सचेत रहेकाले बिद्यार्थीहरुको क्षमता बिकास हुने खालका यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो । त्यस्तै उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा , वडा न १,२,३ र ४ का वडा अध्यक्ष लगायतले बाल दिबशको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम कार्यक्रम स्थल आसपासमा र्याली सहित औपचारिक रुपमा परिणत भएको थियो । र्याली कार्यक्रममा विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिता उप्रेती ,शिक्षा संयोजक रेखराज बस्नेतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता शिक्षा संयोजक रेखराज बस्नेतले गर्नुभएको थियो । साथै कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने छात्राछात्र, माबि मध्यबाट कक्षा ८ मा प्रथम , द्वितिय र तृतिय हुने छात्राछात्रहरु तथा टिचर अफ मन्थमा छनोट भएका शिक्षकहरु लगायतलाई नगद सहित सम्मान पत्रद्वार सम्मान गरिएको थियो ।




















Discussion about this post