सोलुखुम्बु:लामो समयदेखि सोलुखुम्बुको शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले आर्थिक वर्ष २०७९ /०८० मा गाउँपालिकामा संचालित कार्यक्रमको समीक्षा बैठक सोताङ र माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न गरेको छ । सोताङ गाउँपालिकामा पालिका अध्यक्ष खिला राज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिका उपाध्यक्ष अन्जु नाछिरिङ, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु,शिक्षा शाखा लगाएत अन्य शाखा प्रमुख, प्र अ हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कार्यक्रमलाई थप बढाउन आग्रह गर्दै अंग्रेजी माध्यमको शिक्षक तालिम संचालनको लागि आग्रह गर्नु भयो कार्यक्रममा बोल्ने बक्ताहरुले रीड नेपाललाई धन्यबाद दिएका थिए ।

गत आर्थिक वर्षमा सम्पन्न वार्षिक कार्यक्रम तथा आगामी कार्यकमको प्रस्तुति रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले गर्नु भएको थियो
त्यस्तै माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न कार्यक्रम पालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षता तथा पालिका उपाध्यक्ष गौरव खालिङ, नि प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव वडा अध्यक्षहरु , शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई लगाएत अन्य शाखा प्रमुखहरु र मा वि प्र अ हरुको उपस्थिति रहेको थियो कार्यक्रमको प्रस्तुति रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले गर्नु भएको थियो
कार्यक्रममा बोल्दै अध्यक्ष बुद्धिकिरण राईले रीड नेपाललाई धन्यवाद दिदै रीड को कार्यक्रम पहिलेदेखि नै एकदमै पारादर्शी हुने बताउदै अन्य संघ सस्थालाई पनि रीड नेपालबाट सिक्न आग्रह गर्नु भयो ! पालिकाको शैक्षिक सुधारमा रीड नेपालको योगदान महत्त्वपूर्ण रहेको बताउदै कार्यक्रम निरन्तर रुपमा चलोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो कार्यक्रममा वक्ताहरुले रीड नेपालको प्रसंसा गर्नु भएको थियो भने अझै विद्यालयलाई सुधार गर्न प्र अ वि व्य सलाई थप मिहिनेत गर्न अनुरोध गर्नु भएको थियो।
गत वर्ष रीड नेपालले ५ दिने अंग्रेजी गणित विज्ञान सामाजिक विषयको तालिम, ५ दिने प्रारम्भिक बाल विकास शिक्षक तालिम, २ दिने प्र अ विव्य स तालिम अभिभावक अभिमुखीकरण, बाल क्लब परिचालन तथा अभिमुखीकरण कार्यक्रम शैक्षिक सामग्री तथा विद्यार्थी मूल्यांकन फारम वितरण लगाएतका कार्यक्रम संचालन गरेको थियो भने यो वर्षमा पनि केही कार्यक्रमलाई निरन्तरता दिदै आइ सी टि तालिम लगाएत थप शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनु भयो । रीड नेपालले माप्यमा २० ओटा विद्यालय र सोताङमा ७ ओटा विद्यालयमा काम गरिरहेको छ।



















Discussion about this post