समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा आफ्नै लगानीमा डेरी सञ्चालन

रामेछाप:उमाकुण्ड गाउँपालिका वडा २ बाम्तीभण्डारमा सञ्चालित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो लगानीमा दुग्ध प्रशोधन केन्द्र डेरी संञ्चालनमा ल्याएको छ । डेरीको शुक्रबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।
आर्थिक समृद्धिका लागि सहकारी मार्फत पशुपालन, कृषि उत्पादनका साथै प्रशोधन र बजारकिरण भन्ने मुल नारा सहित उमाकुण्ड गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष गणेश बहादुर बस्नेतको अध्यक्षतामा उक्त डेरीको उदघाटन गरिएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुनुवारले सहकारीले अत्यन्तै , महत्त्वपूर्ण काम गरेको भन्दै खुसि ब्यक्त गर्नुृभयो । साथै गाउँपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।

शेयर सदस्य कृषकहरुलबाट दुध संकालन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्यूको उत्पादन तथा बिक्री वितरण गर्ने उद्धेश्यले स्थापन गरिएको समृद्धि बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक दिपक कार्कीले बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश बहादुर बहादुर कार्कीले संस्थाले सुरु गरेको यो डेरी कृषको हितमा काम गर्ने बताउनुभयो । उक्त उदेघाटन कार्यक्रममा उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देल, वडा नं. २, बाम्ती र वडा नं. ३, कुम्बुकास्थलीका जनप्रतिनिधिहरु लगायत राजनितीक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संस्थाका सेयर सदस्याहरको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार