रामेछापको उमाकुण्डमा एक ब्यक्ति झुन्डिएर गरे आत्महत्या

रामेछाप:उमाकुण्ड गाउँपालिका–२ रोसीका पुन्या ध्वजा बस्नेतको छोरा २२ बर्षिय सन्देश बस्नेत झुण्डिएर आत्माहत्या गरेका छन् ।

बिहिबार दिउँसो उनको आफ्नै घर रोसीमा झुन्डिएको अवस्थामा शव फेला परेको स्थानीय बासी अन्नत खड्काले जानकारी दिनुभएको छ ।

घट्ना स्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि बिहिवार नै जिरी अस्पताल पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । साथै आत्माहत्यको कारण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार