जट्टेश्वरी मा.वि. मा कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा कार्यक्रम

सृजना बि.क. रामेछाप
रामेछाप जिल्ला गाेकुलगंगा गाउँपालिका १ चुचुरेमा रहेकाे श्री जट्टेश्वरी मा.वि. मा कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा मङगलबार धुमधामका साथ मनाइएकाे छ । बुधबार भाद्र २० गते आज भगवान श्रीकृष्णको जन्मदिनको दिन नेपाल सरकारले सरकारी कार्यालयहरुमा सार्वजानिक बिदाको घोषणा गरेकाले आजै जट्टेश्वरी माविमा कृष्ण जन्माष्टमी पर्व धुमधामकाे साथ मनाइएकाे हाे ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई श्रीकृष्ण जन्माष्टमीको परिचय,महत्त्व , मनाउने तरिकाबारे जानकारी गराउँदै कृष्ण र गोप गोपिनीहरूको परिचय, उनीहरुको पहिरन र कृष्ण लिलाको बारेमा संक्षिप्त जानकारी गराउने उद्देश्यले जन्मअष्टमी मनाइएकाे हाे । विद्यार्थीहरुलाई कृष्णकाे पहिरन लगाई दही मख्खन खाए खुवाएको दृष्य अवलोकन गराइ कृष्ण जन्माष्टमी मनाएकाे बताइएकाे छ । कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुको सक्रीय सहभागिता रहेको थियो ।
किताबी ज्ञान मात्र नभई समय अवस्था अनुसार बिभिन्न धर्म संस्कृति सम्बन्धमा प्रत्यक्ष सहभागी गराई जानकारी दिँदा सिकाईमा स्थायित्त्व हुने तथा विद्यार्थीहरुले सिक्न चासो राख्ने समेत पाइएकाे छ । हरेक पर्वहरुको विषयमा स्वयम् विधार्थीलाई प्रयक्ष सहभागी गराई जानकारी गराउँदा संस्कृति सधैँ जीवित रहने र पुस्ता हस्तान्तरण हुँदै जाने कुरा प्रष्ट भएकाे बताईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार