सोलुखुम्बु:लिखुपिके गाउँपालिका वडा न ४ लेलुपु माने गैरामा रहेको सरस्वती आधारभुत बिद्यालयमा नयाँ बिद्यालय ब्यबस्थापन समिती गठ्न भएको छ । २०७६ सालमा गठ्न भएको समिती बिगठन भई शुक्रबार बिद्यालयले अबिभाबक भेला आयोजना गरी लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा शिक्षक अबिभाबक संघका अध्यक्ष पुस्कल बहादुर खत्रीको अध्यक्षता नि.बर्तमान बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कमल किशोर कार्की ,लिखुपिके वडा न ४ की महिला वडा सदस्य डोमा शेर्पा,प्रधानध्यापक रमिला कार्की, शिक्षकहरु शिब बहादुर खड्का , 
लगायतको उपस्थितिमा उक्त समिती चयण भएको बिद्यालयले जनाएको छ । जसअनुसार धिराज बस्नेतको अध्यतामा ९ सदस्य समिती गठ्न गरिएको हो ।
नब गठित बिद्यालय ब्यबस्थापन समितीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै जनप्रतिनिधिको तर्फबाट वडाले गर्ने सम्पुर्ण सहयोग गर्ने र बिद्यालय ब्यबस्थापन समिती पनि उत्तिकै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । २०७६ सालदेखि बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष रही बिद्यालयलाई शैक्षिक र भौतिक क्षेत्रमा महत्त्वपूर्ण काम गरेको भन्दै अबिभाबक तथा जनप्रतिनिधिले धन्यवाद ब्यक्त गर्नुभयो ।

नबगठित बिद्यालय ब्यबस्थापन समितीले बिद्यालयलाई शैक्षिक गुणस्तर बृद्वि गराउन सक्रिय भएर लाग्ने बताएको छ ।



















Discussion about this post