सोलुखुम्बु:सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमाना भएर बग्ने लिखुखोलामा लिखुपिके ५ क्षेत्रको लिखु खोलाले १३० मिटर सडक बगाएपछी स्थानिय तह र हाइड्रोपावरको सक्रियतामा सड्क खुलाउन सुरु गरिएको छ ।

लिखुपिके गाउपालिका वडा नं ५ जोड्ने मुख्य सडक अन्तर्गत किन्जा तुमाल खण्डमा अबिरल बर्षाकारण ले लिखुखोलाले पुर्याएको क्षति र अबरुद्ध भएको बाटोको सोमबार स्थलगत निरीक्षण गर्नुहुदै लिखुपिके गाउपालिका अध्यक्ष मिना कार्की बस्नेतले तत्कालै सडक खुलाउन आबश्यक पहल पश्चात अबरुद्ध सड्क खुलाउन सम्बन्धित निकाए जुटेका हुन ।

गएको ७ गते राती बर्षातका कारण लिखु खोलामा पानीको वहाव बढेकाले सडक बगाएपछी सड्क अबरुद्ध हुँदा पैदल यात्रीलाई गाउँपालिका सम्म आवतजावत गर्न समेत समस्या भएको खबर जनता टेलिभिजन, रेडियो कैरण तथा सिधा प्रेसले समाचार सम्प्रेसन गरेपछी सम्बन्धित निकाएले पनि सड्क खुलाउन थप चासो देखाएको स्थानियहरुले बताएका थिए ।



















Discussion about this post