गायीका कल्पना सुनुवार नगद पुरुस्कार सहित सम्मानित

सोलुखुम्बु:नेपाली लोक तथा दोहोरी गायिका कल्पना सुनुवार कृष्ण बहादुर सुनुवार बिष्णुमया सुनुवार कोषद्धार नगद पुरस्कार सहित सम्मानीत भएकी छिन्। गायिका सुनुवारको डाँडैमा बिजुली आयो ,आँखै नलाउनी लगाएत दर्जनौ चर्चित गीतहरु साँगीतिक बजारमा छन्।

केहि बर्ष अगाडीदेखि लगातार गीत सँगीतमा निरन्तरता दिइ रहेकी गायिका सुनुवार ले केहि समय अगाडी आफ्नै मौलिक भाषाको गीत पनि बजारमा ल्याएकी थिइन। सनुवारले बजारमा ल्याएको उक्त गीत गे ते ङा गे ते बोलको गीतले समग्र सुनुवार समाजको सँस्कृती जगेर्नमा महत्वपूर्ण भूमिका खेलेको छ भन्दै सुनुवार सेवा समाजले नगद पुरस्कार सहित गायिका सम्मानित भएकी हुन्।
सुनुवार सेवा समाजले लगातार चार बर्षदेखि एक जना कलाकारलाइ सम्मान गर्दै आइरहेको छ।उक्त कार्यक्रम साउन को ३१ गते सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको हो।कार्यक्रममा बागमती प्रदेश साँसद लगाएत अन्य बिशिष्ट ब्यक्तिको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा सुनुवार भाषकै एक गजल पनि बिमोचन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार