सोलुखुम्बु:मिड सोलु हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १२ लाख कित्ता भन्दा बढि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले मंगलबार साझ सम्म १२ लाख कित्ताका लागी १२ करोड बराबरको आवेदन परेको जनाएको छ । माग भन्दा बढि आवेदन परेको जनाएको छ । शेयर बाँडफाँट गर्न एक महिना लाग्ने एनआइसी एशिया क्यापिटलका अनुप सापकोटाले जानकारी दिनुभयो ।
कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरिने तय गरिएको छ । कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ ।



















Discussion about this post