सोलुखुम्बु : लिखुपिके गाउँपालिका वडा ३ मा रहेको हिमगंगा माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि छात्राबास निर्माण हुने भएको छ ।
लामो समयको संघर्ष पछी हिमगंगा माध्यामिक बिद्यालयमा बाली बिज्ञान (९-१२) सञ्चालन हुने भएपछि छात्राबास निर्माण गर्न आबश्यक रहेकोले उक्त छात्राबास निर्माण गर्न लागिरहेको शिक्षा शाखा संयोजक रेखराज बस्नेतले बताउनुभयो ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार पुर्बमा मानेडाडा,पश्चिममा ओखरडाडार उत्तरमा चम्मरगाउँ र दक्षिणमा रिस्तीको चारकिल्ला भित्र कम्तिमा ३ रोपनी जग्गा निशुल्क जग्गा दिने चाहने ब्यक्तिले १५ दिन भित्र जग्गाको धनिपुर्जा सहित गाउँपालिकामा सम्पर्क गर्न गाउँपालिकाले एक सुचना प्रकाशित गरेको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
लिखुपिके गाउँपालिकाकै लिडर १२ कक्षा सञ्चालित हिंमगंगा माध्यामिक बिद्यालयको शैक्षिक अबस्थामा थप गुणस्तर ल्याउन बिद्यालय प्रशासन, शिक्षक, र बिद्यालय ब्यबस्थापन समिती गाउँपालिका, शिक्षा शाखा सक्दो लागि परेको बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत(नबराज) ले बताउनुभयो ।
कसरी शैक्षिक गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर सक्दो प्रयास गरिरहेको बिद्यालयका प्रधानध्यापक हेम बहादुर बस्नेतले बताउनु भयो । साथै उहाँले सरोकारवाला सबैले बिद्यालय सुधार अभियानमा लाग्न आग्रह समेत गर्नुभयो ।




















Discussion about this post