रामेछाप:उमाकुण्ड गाउँपालिकाकाे कुल ४५१.९९ वर्ग किलाेमिटर क्षेत्रफल मध्ये सबैभन्दा बढि करिब ३३३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेकाे सबैभन्दा ठूलाे वडा, वडा नं १ गुम्देल स्थित महालङ्गुर माध्यमिक विद्यालयमा टाढाको सेवाक्षेत्रबाट आउने बालबालिकाकाे सिकाइ र शिक्षालाई मध्यनजर राख्दै गाउँपालिका, वडा, विव्यस, शिअसं र विद्यालय प्रशासनकाे सहकार्यमा निर्माण गरिएकाे छात्रबासकाे व्यवस्थापन कार्य सम्पन्न भई मिति २०८०/०४/२३ गतेबाट पुर्ण रूपमा संचालनमा भएको शिक्षा,युवा तथा खेलकुद शाखा उमाकुण्डले जनाएको छ ।

साथै विद्यालयले छात्रबासमा बस्न रुचि भएका बालबालिकाबाट आवेदन लिई प्राथमिकतामा लाहाछेवार, क्यामा, च्याउके, बाँच्छी, चाैरी गाेठबाट आउने र आर्थिक रूपमा विपन्न बालबालिकालाई फाेकस गरि १६ जना बालबालिका छनाैट गरी छात्रबासमा राखी विद्यालयकै चमेना गृहमा खाने व्यवस्था समेत मिलाएको छ । छात्रबासमा बस्ने बालबालिकाकाे पढाइ, लेखाइ, सिकाइ सुधार लगायतका विविध पक्षहरूमा सहयाेग गर्नकाे लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरि १/१ जना महिला र पुरूष शिक्षकलाई छात्रबास वर्डेन रूपमा छनाैट गरि बालबालिकासँगै बस्ने व्यवस्था मिलाइएको छ । साथै, आगामी दिनमा छात्रबासमा बस्ने थप बालबालिकाकाे संख्यालाई विस्तार गरि लैजाने समेत शिक्षा युवा तथा खेलकुद शाखाका प्रा.शा ङावा शेर्पाले बताउनुभयो ।



















Discussion about this post