रेष्टले रामेछापका बिद्यालयमा सहयाेग

सृजना बि.क.रामेछाप
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी संस्था रेष्टले रामेछापका ६० वटा विधालयका १ हजार ५१४ जना छात्राहरुलाई शैक्षिक सामाग्री सहयाेग गरेकाे छ । यस शैक्षिक सत्रकाे बैशाख यता जिल्लाका ६० वटा विधालयका कक्षा १-१० सम्म अध्ययन गर्ने १ हजार ५४० जना छात्राहरुलाई रेष्ट संस्थाले सहयाेग गरेकाे हाे ।

गत वर्ष १ हजार ५९० जनालाई सहयाेग गरेकाेमा याे वर्ष २६७ जना थप गरी १ हजार ५१४ जनालाई शैक्षिक सामाग्री वितरण गरेकाे रेष्ट संस्थाका वरिष्ट फिल्ड अधिकृत उमेश नेपालले जानकारी दिनुभयाे । यस संस्थाले वर्षमा २ चरणमा छात्राहरुलाई विधालयमा आवश्यक सम्पुर्ण शैक्षिक सामाग्री सहयाेग गर्दै आएकाे छ ।
यस शैक्षिक सत्रका लागि पहिलाे चरणमा कापी, कलम तथा सिसाकलम, पाेशक, पाेशक सिलाई ज्याला , इरेजर, स्वीटरलगायतकाे सामाग्री सहयाेग गरेकाे हाे ।
यस्तै कक्षा ११-१२ मा अध्ययन गर्ने ३४७ जना छात्राहरूलाई पनि शैक्षिक सामाग्री सहयाेग गरेकाे छ ।

यता गाेकुलगंगा गाउँपालिकामा कक्षा १-१० सम्मका ६५८ र कक्षा ११-१२ का १५७ जानलाई सहयाेग गरेकाे छ । अमेरिकन हिमालयन फाउन्डेसनकाे आर्थिक सहयाेगमा यस संस्थाले विगत २८ वर्षदेखि देशभरका १८ वटा जिल्लाका विधालयमा विपन्न, दलित, अपाङ्ग, सिमान्तकृत, आमाबाबुबिहिन, पिछिडिएका छात्राहरूलाई शैक्षिक सामाग्री वितरण गर्दै आएकाे छ ।

यसैबिच गाेकुलगंगा गाउँपालिकामा रेष्ट संस्थाले सामाजिक परिक्षण कार्यक्रम समेत गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार