सोलुखुम्बु:विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल फाप्लुमा जटिल प्रकृतिको प्रसूति अप्रेसन सेवा बन्द भएको छ । जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालीम प्राप्त चिकित्सक नहुँदा गत साउन १ गतेदेखि सेवा ठप्प भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
अस्पतालमा करिब डेढ बर्षदेखि कार्यरत एमडिजिपी डाक्टर अजय चौधरी दुधकोशी सामुदायिक अस्पतालमा गएसँगै अस्पतालको अप्रेशन सेवा बन्द भएको प्रमुख शेर्पाले बताउँनुभयोे । अस्पतालमा तालीम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका सेवाग्राहीलाई ओखलंढुगा तथा काठमाडौ रेफर गर्ने गरेको अस्पतालले जनाएको छ । १५ दिनमा ३ जनालाई जिल्ला बाहिर रेफर गरिएको छ । एमडिजिपी डाक्टरको व्यवस्थापन गरिदिन आग्रह गर्दे स्वास्थ्य मन्त्रालय र कोशी प्रदेशको स्वास्थय निर्देशनालयमा पत्र पठाएको प्रमुख सानी शेर्पाले ताउँनुभयोे । चाडै डाक्टरको व्यवस्था गरि अप्रेशन सेवा सुचारु गर्ने अस्पतालले जनाएको छ ।



















Discussion about this post