सोलुखुम्बुमा एक किशोरीले आत्मदाहको प्रयास

सोलुखुम्बु-सोलुखुम्बुमा एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आईतबार राती खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरिरमा आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राती साडे ८ बजे किशोरीले शरिरमा आगो लगाएकी हुन् । आगोले उनको शरिरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाईते भएकी छन् ।

घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भईरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार