सृजना बि.क रामेछाप
ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठि संस्था रेष्टले शुक्रबारे सहजकर्ताहरुकाे लागि सञ्चालन गरेकाे ४ दिने गाेष्ठि सम्पन्न भएकाे छ । रामेछापका विभिन्न विधालयका शुक्रबारे सहजकर्ताहरुकाे क्षमता विकासकाे लागि मन्थलिमा बुधबारदेखि सुरु भएकाे ४ दिने गाेष्ठि शनिबार सम्पन्न भएकाे हाे । अमेरिकन हिमालयन फाउन्डेसनकाे आर्थिक सहयाेगमा रेष्ट संस्थाले बुधबारदेखि शनिबारसम्म ४ दिने गाेष्ठि सञ्चालन गरेकाे थियाे ।
४ दिनकाे अवधिमा शुक्रबारे सहजकर्ताहरुलाई शुक्रबारे कक्षा कसरी सञ्चालन गर्ने, के-के विषय वस्तु समेट्ने, कक्षा कसरी प्रभावकारी बनाउने जस्ता कुराहरुकाे जानकारी दिएकाे आयाेजकले जनाएकाे छ ।
प्रशिक्षक सानुबाबा धिमिरे र कमला अधिकारीले शुक्रबारे कक्षा थप प्रभावकारी ढङ्गले सञ्चालन गर्नेबारे प्रशिक्षण दिनुभएकाे जनाइएकाे छ । त्यस्तै प्रशिक्षक घिमिरेले सुचना तथा सञ्चार प्रविधिकाे दुरुपयाेगबाट हुने असरबारे भिडियाे मार्फत जानकारी गराउनु भएकाे थियाे ।
यस्तै रामेछापका सहायक प्रहरी निरिक्षक गणेश श्रेष्ठले साइवर अपराध, वालबिवाह, मानव बेचविखन, हिंसाबारे भिडियाे र छलफलबाट जानकारी गराउनुभएकाे बताइएकाे छ । यसैबिच मन्थली माविका शिक्षक टंकराज सुवेदीले सहजीकरण विधिबारे प्रशिक्षण दिनुभएकाे थियाे ।
गाेष्ठिमा प्रशिक्षक कमला अधिकारी, प्रशिक्षक सानुबाबा घिमिरे, बरिष्ठ फिल्ड अधिकृत उमेश नेपाल, बरिष्ठ फिल्ड अधिकृत उमेश विश्वकर्मा र रामेछाप जिल्लाभरका विभिन्न विधालयका ४० जना सहजकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
रेष्ट संस्थाले वालविवाह, वालश्रम निराकरण गर्न किशाेरी शिक्षामा सहयाेग गर्दै आएकाे छ ।



















Discussion about this post