रामेछापको भटौलीमा बोलेरो दुर्घटना ४ जनाको मृत्यु

सृजना बि.क. रामेछाप
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन ।
आज अपरान्ह मन्थलीबाट भटौलीतर्फ जाँदै गरेको बा ११ च ५०५३ नम्बरको यात्रुबाहक बोलेरो सडकबाट १५० मिटर तल खस्दा घटना स्थमलै मृत्यु भएको रामेछाप प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी मृत्यु हुनेमा जेन्सन तामाङ, दानी तामाङ र लाक्पा शेर्पा तथा पहिचान नखुलेकी एक वृद्धा रहेकी छिन् । घाइतेहरुको मन्थलीको विभिन्न अस्पातालमा उपचार भइरहेको छ । बोलेरोमा १५ जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार