सोलुखुम्बु-नेपालमा लघुवित्तले तीन दशक लामो यात्रा पुरा गरी सकेको छ । लघुवित्त संस्थाहरुले गाउँ गाउँमा विपन्न बर्गको दैलोदैलो चाहारी महिलामा जागरण ल्याउने अभियान संचालन गरी रहेका छन् । पुरुषलाई भन्दा वढी महिलालाई प्राथमितामा राखेर कर्जा प्रवाह र बचत संकलन गर्ने जस्तो कार्यमा महिलाहरुलाई संलग्न गराई स–साना व्यवसाय संचालन गर्न उत्पेरित गर्दै आएका छन् । महिलालाई दिएको कर्जा सदुपयोग मात्र हुने नभै यसबाट सिङ्गो परिवारनै लाभान्वीत भएको र कर्जा शतप्रतिशतनै फिर्ता भुक्तानी हुने गरेको पाइएको छ ।

ग्रामीण भेगका विपन्न महिलाहरुको सशक्तिकरणमा लघुवित्त क्षेत्रको योगदानको लागि स्वाच्छ लघवित्त हाम्रो अभियान भन्ने उदेश्य सहित स्वावालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा जिरी दोलखा द्वारा एकदिने वित्तीय सारक्षरता कार्यक्रम लिखुपिके गाउँपालिका वडा न ५ भकान्जे किन्जा बजारमा सम्पन्न भएको छ । कार्यक्रममा बित्तिय साक्षरता के हो ?,कर्जा के हो ? कर्जा किन लिने? कस्तो अबस्थामा कर्जा लिने,कर्जा लिनुभन्दा पुर्ब बिचार गर्नुपर्ने कुराहरु लगायतको बिषयमा स्वावालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा जिरी दोलखा शाखा प्रबन्धक रोशन अधिकारीले जानाकारी गराउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा लघुवित्तको कारण गरीब तथा विपन्न महिलाहरुमा साहस र उर्जा प्रवाह हुने गरी काम गर्न लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनुभयो । साथै उहाँले वित्तिय संस्था जिम्मेवार भई महिलाको क्षेत्रमा काम गर्न सके स्थानिय तहले पनि थप कुराहरुमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सहायक प्रबन्धक खिलहरी अधिकारीले परिवारका पुरुष सदस्यको आम्दानीमा भर पर्नेहरु अहिले आत्मनिर्भर भएका छन् । कर्जा लिने र व्यवसाय शुरुवात गर्ने माध्यम महिला भए पनि यसको लाभ सिंगो परिवारले प्राप्त गरेका उदाहरण प्रस्तुत गर्नुभयो । साथै उहाँले संस्थाबाट कर्जा लिईसकेपछी ब्यबसायिक काममा खर्च गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि महिलाहरुले संस्थामा आबद्व भएपछी भएगरेका क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लघुवित्त प्रणालीमा संलग्न महिलाहरुको आर्थिक,सामाजिक, शैक्षिक, राजनीतिक लगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएकोे दृष्टान्तहरु पेश गरिएको थियो ।



















Discussion about this post