चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

ओखलढुंगा- हावाहुरी र वर्षा सँगै परेको चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ स्थित भदौरेकी २० वर्षिय सर्मिला कार्कीको ज्यान गएको हो । शुक्रबार करिब ४ः१५ बजेको समयमा खेतमा गहुँ काटीरहेको अवस्थामा वर्षा सँगै परेको चट्याङ लागेर सर्मिला कार्की र १३ वर्षिय अरुणा कार्की घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागी रानीवन स्वास्थ्य केन्द्र लगिएको थियो । घाइते सर्मिलाको उपचारको क्रममा ५ः२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अरुणा कार्कीको अवस्था भने सामन्य रहेको बताएका छन् । थप अनुसन्धानका लागि प्रहरी चौकी रामपुरबाट प्रहरी निरिक्षकको टोली घट्नास्थल तर्फ गएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार