माप्यमा सकियो शैक्षिक कार्यशाला गोष्ठी

सोलुखुम्बु-सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ३ दिने शिक्षा योजना निर्माण कार्यशाला आज सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यशालामा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, ७ वटै वडाका वडा अध्यक्षहरु, शिक्षा समितिका सदस्य निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव, शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रध्यानाध्याकहरु तथा विभिन्न फोकल शिक्षकहरुको उपस्थिति रहेको थियो ।

समापनमा बोल्दै गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले कार्यशाला अतिनै प्रभावकारी भएको बताए । पालिकाको शिक्षाको वास्तविक अवस्था, समस्या, कारण र समस्या समाधानको उपायबारे विभिन्न क्षेत्र तथा अन्तर सम्बन्धित विषयमा महत्वपूर्ण छलफल भएकोले वास्तविक योजना निर्माण हुने विश्वास गरे । निर्माण हुने कार्ययोजना लागू गर्ने संकल्प समेत उनले गरे ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले कार्यशालाबाट योजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण तथ्यांक र सुचना संकलन गरिएकोले वास्तविक योजना निर्माण हुने विश्वास व्यक्त गरे । शैक्षिक सुधारका लागि योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले योजना कार्यन्वयनको पाटोमा जोड दिनु पर्ने बताए ।
सहभागीहरुको तर्फवाट व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक र वडा अध्यक्षहरुले आफ्नो मन्तव्य राख्दै कार्यशाला अत्यन्त प्रभावकारी भएको र योजना निर्माण प्रक्रिया बारे प्रस्ट भएको विचार व्यक्त गरे । असारको ७ गते भित्र अन्तिम योजना निर्माण गरी गाउँपालिकालाई बुझाउने तयारी गरिएको छ ।

रीड नेपालले यस अघि जिल्लाका ६ वटा स्थानीय तहमा कार्यशाला सम्पन्न गरिसकेको रिड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशब देब गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार