यसबर्षको एसइइमा लिखुपिके बाट १०६ जना बिद्यार्थी सहभागि हुँदै

सोलुखुम्बु-लिखुपिके गाउँपालिकामा पनि यस बर्षको एसइइ परिक्षाकाको तयारी पुरा भएको छ । जनसेवा आधारभूत विद्यालय चौलाखर्क केन्द्रमा तयारी पुरा भएको केन्द्र अध्यक्ष राजन कुमार कार्कीले जनाएका छन । लिखुपिके गाउँपालिकामा ३ वटा माबिका १०६ जना बिद्यार्थी यसबर्षको एसइइ परिक्षामा सहभागि हुने केन्द्र अध्यक्ष कार्कीले बताउनुभयो । बिहिबार लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, शिक्षा संयोजक रेखराज बस्नेत, ३ वटै माबिका शिक्षकहरुको उपस्थितिमा सर्बदलिय बैठक बसी भोलिबाट सञ्चालन हुने परिक्षालाई भयरहित मर्यादित बनाउन छलफल समेत सम्पन्न गरेको पनि केन्द्र अध्यक्ष कार्कीले बताउनुभयो ।

यस बर्ष सोलुखुम्बुवाट ८ सय ५१ छात्र ९३१ जना छात्रा गरी जम्मा १७ सय ७७ विद्यार्थी एस ई ई परीक्षामा सहभागी हुँदैछन् । यस्तै ग्रेड बृद्धिका लागि ५ जना बिद्यार्थीले परिक्षा दिने शिक्षा बिकास तथा समन्वय ईकाई सोलुखुम्बुका सुचना अधिकारी शिब कुमार राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार