सोलुखुम्बु-माध्यमिक शिक्षा परिक्षा (एसइई) का लागि सोलुखुम्बुमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ । पर्सि शुक्रबारदेखि सूरु हुने परीक्षाका लागि सोलुखुम्बुमा निर्धारण गरिएका १४ वटा परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
शिक्षा बिकास तथा समन्व ईकाई सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिकाको हिमालदर्शन क्याम्पस केन्द्रमा छलक राई, सँस्कृत विद्यापिठ क्याम्पस केन्द्रमा टहल नारायण यादबलाई केन्द्रध्यक्षको जिम्मेवारी तोकिएको छ ।
सोलुदुधकुण्ड नगरपालिकाको शिसाखोला आधारभूत विद्यालय केन्द्रमा अभिनाथ राय, जन जागृति आधारभूत विद्यालय सल्लेरी केन्द्रमा बाबुराम बस्नेत र जन जागृति माध्यमिक विद्यालय सल्लेरी केन्द्रमा तिलक राईलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको छ ।

यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्ला आधारभूत विद्यालय केन्द्रमा दिलकुमार राई, माप्य दुधकोशी गाउँपालिकाको दुधकोशी आधारभूत विद्यालय जुभिङ केन्द्रमा प्रभुराम बस्नेत, पद्मकन्या आधारभूत विद्यालय दाम्कु केन्द्रमा गोबिन्द चौलागाईले केन्दध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।
सोताङ गाउँपालिकाको सोताङ क्याम्पस केन्द्रमा गंगा कार्की, महाकुलुङ गाउँपालिकाको पेल्माङ आधारभूत विद्यालय बुङ केन्द्रमा प्रकास राई, लिखु पिके गाउँपालिकाको जन सेवा आधारभूत विद्यालय चौलाखर्क केन्द्रमा राजन कार्की केन्द्राध्यक्ष रहनुभएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाको कालिका आधारभूत विद्यालय जुबु केन्द्रमा भिम बहादुर कार्की, त्रिभुवन विद्योदय आधारभूत विद्यालय मुक्ली केन्द्रमा सागर तामाङ र ठकुमाला आधारभूत विद्यालय काँगेल केन्द्रमा जसबहादुर राईलाई केन्द्रध्यक्षको जिम्मेवारी तोकिएको छ ।
यस बर्ष सोलुखुम्बुवाट ८ सय ५१ छात्र ९३१ जना छात्रा गरी जम्मा १७ सय ७७ विद्यार्थी एस ई ई परीक्षामा सहभागी हुँदैछन् । यस्तै ग्रेड बृद्धिका लागि ५ जना बिद्यार्थीले परिक्षा दिने शिक्षा बिकास तथा समन्वय ईकाई सोलुखुम्बुका सुचना अधिकारी शिब कुमार राईले जानकारी दिनुभयो ।



















Discussion about this post