माप्य दुधकोशीमा आजबाट ३ दिने कार्यशाला सुरु

सोलुखुम्बु-माप्य दुधकोशी गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा आजबाट गाउँपालिकाको ३ दिने शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला सुरु भएको छ कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गर्नु भयो कार्यक्रममा बोल्दै अध्यक्ष राईले योजना निर्माण आफ्नो पहिलेदेखि निर्माण गर्ने सोंच भएता पनि रीड नेपालले प्राविधिक सहयोग गरेर ठुलो गुण लगाएको बताउनु भयो।
साथै अध्यक्षराईले प्राविधिक,व्यवहारिक,व्यावसायिक र नैतिक शिक्षालाई योजनामा समेट्नु पर्ने धारणा व्यक्त गर्नु भयो
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु , विभिन्न विद्यालयका प्र अ तथा शिक्षकहरु, विव्यस अध्यक्षहरु गरी ४५ जना सहभागीहरुको उअपस्थिति रहेको छ ।
रीड नेपालले यो भन्दा अगाडी खुम्बु पासाङ गाउँपालिका बाहेक अन्य स्थानीय तहहरुमा कार्यक्रम सम्पन्न गरी सकेको र ७ ओटा स्थानीयतहको शिक्षा योजना निर्माण गर्ने योजना रहेको जनाएको छ ।कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव निरा शाक्य र रीड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव देव गिरीले गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार