उमाकुण्ड गाउँपालिकामा शिशकलाई २ दिने पेशागत क्षमता तालिम

रामेछाप-उमाकुण्ड गाउँपालिकाले गाउँपालिका भित्रकाे वडा नं ४, ५, ६ र ७ अन्तर्गतका २२ वटा सामुदायिक विद्यालयमा कार्यरत कक्षा १-५ मा अध्यपान गर्नु हुने ४२ जना शिक्षकहरूलाई २०७९ चैत १४ र १५ गते गाउँपालिकाकाे सभाहलमा आयोजित २ दिने पेसागत क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएकाे छ । अभिमुखीकरण तालिमको सहजिकरण सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठी र साेही विद्यालयका मावि शिक्षक आकास सुनुवाले गरेको उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ। कार्यशालाम

१) एकीकृत पाठ्यक्रमकाे अभिमुखीकरण ।
२) कक्षा १-३ को थिमवाईज निरन्तर विद्यार्थी मूल्याङ्कन गर्ने अभ्यास ।
३) कक्षा ४-५ काे पाठ्यक्रम अभिमुखीकरण ।
४) कक्षा ४-५ काे वार्षिक परीक्षा ५०% हुने बाह्य र ५०% हुने आन्तरिक मुल्याङकन गर्ने तरिका ।
५) वार्षिक शैक्षणिक याेजना निर्माण ।
६) दैनिक पाठ याेजना निर्माण ।
७) विशिष्टिकृत तालिकाअनुसार प्रश्नपत्र निर्माण गर्ने तरिका ।
८) डिजिटल सिकाइकाे अवधारणा र प्रयाेग लगायतका शिर्षकहरुमा तालिम प्रदान गरिएको सहभागि शिक्षकहरुले जनाएका छन ।

साथै साेही कार्यक्रममा शिक्षकहरूबीच दैनिक पाठयाेजना निर्माणमा प्रतिस्पर्धा गराई उत्कृष्ट हुने शिक्षकलाई पुरस्कार समेत वितरण गरीयाे ।
क) मनाेरथ जाेशी प्रथम कैलेश्वर मावि गुप्तेश्वर
ख) विनाेद कुमार सुनुवार द्वितीय ठिन्केपु आ.वि पिपालडाँडा
ग) सीता सार्की तृतीय चण्डेश्वरी मावि प्रिती
घ) ताेयाराज आचार्य सान्त्नाना कालीकादेवी आ.बि उर्माखु

तालिमबाट सिकेका सीपलाई विद्यालयकाे कक्षाकाेठामा पुर्याई बालबालिकाकाे सिकाइ सुधारमा शिक्षक ज्यूहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा राखिएको शिक्षा युवा शाखा उमाकुण्डले लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार