रामेछापको गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु

रामेछाप-गोकुलगंगा गाउँपालिका बेतालिमा खुकुरी प्रहारबाट एक वृद्धको मृत्यु भएको छ । खुकुरी प्रहारबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेताली लिसेखानिका अन्दाजी ८२ बर्षीय शमशेर बहादुर थापामगरको मृत्यु भएको हो ।
अज्ञात समूहले हिजो बेलुका आफ्नै घरमा बसिरहेको अबस्थामा मगर माथी खुकुरी प्रहार गरेका थिए ।खुकुरी प्रहार बाट घाइते हुनुभएको थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो भने हातको एउटा अम्ला काटिएको थियो । मगरलाई उपचारका लागि सदरमुकाम मन्थली लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । कसले र किन खुकुरी प्रहार गरेको भन्ने बिषयमा केही नखुलेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार