लिखुपिके ३ मा तोरी मिल संञ्चालन

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा न ३ मा तोरी मिल संञ्चालनमा आएको छ । लिखुपिके गाउँपालिकाको ५ लाख बजेट र वडा न ३ को ३ लाख गरी जम्मा ८ लाख बजेटमा मिल घर , पानीको ट्याङ्की समेत निर्माण गरी मिल सञ्चालनमा आएको निर्माण उपभोक्ता समितीका अध्यक्ष पुर्ण बहादुर बस्नेतले बताउनु भयो ।

लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की (बस्नेत) उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा , वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा मिलको उदघाटन गरिएको हो ।
वडामै तोरी मिल स्थापना भएपछी तोरी खेतीमा कृषकको आर्कषक बढ्न सक्ने वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले बताउनुभयो ।
तोरी पेल्नकै अन्य क्षेत्रमा जानुपर्ने बाध्यता हटेको स्थानिय राम बहादुर बस्नेतले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष बस्नेतले मिल बनाउनु मात्र ठुलो नभएर यसलाई संरक्षण गर्नु पनि ठुलो दायित्व भएको हो ध। यसलाई महत्त्वको साथ हेर्नुपर्ने बाउनुभयो । वडा न ३ ले कृषकलाई ध्यानमा राखेर काम गरेको वडा ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार