रामेछाप- मन्थली नगरपालिका–५ सुनारपानीमा बाँदर आंतक बढदै गएको छ । बाली जोगाउन संघर्ष गर्दै आएका किसानहरुले लामो समयदेखि बाँदरको आंतक झेल्दै आएको छ । सुनारपानीमा घरमै
बसिरहेको अवस्थामा बाँदर आएर कुटपिट गर्दा दुई जना घाइते भएका छन् ।
एक जना सामान्य घाइते भएपनि बाँदरको कुटाईबाट गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बाँदरको कुटाइबाट सुनारपानीका राधा भुजेल र मैयाँ नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । बाँदरले कुट्ने, चिथोर्ने गरेर घाइते बनाएपछि राधा भुजेललाई भने काठमाडौं पठाइएको हो ।



















Discussion about this post