साेलुखुम्बुकाे खुम्बुमा एक बिदेशी पर्यटककाे मृत्यु

सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुष नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हाईअल्टिच्यूटका कारण मृत्यु भएको बताइएको छ । तर मौसम प्रतिकुलताका कारण शव उद्वारमा समस्या भएको छ ।

खुम्बु क्षेत्रमा अहिले हिमपात भईरहेकाले उद्वारमा समस्या भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा सम्पर्क गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार