सृजना बि.क रामेछाप
गाेकुलगंगा गाउँपालिकामा मंगलबारदेखि वार्षिक परीक्षा सुरु हुँदैछ । गाउँपालिकाभरीका माध्यमिक, आधारभुत ३४ वटा विधालयमा मङ्गलबार ११ बजेबाट परीक्षा सुरु हुन लागेकाे हाे ।

यता वडा नं १ चुचुरेमा वडास्तरीय परिक्षा हुने भएकाे छ । गत वर्षदेखि चुचुरेमा वडाभरीका विधालयकाे सिकाई उपलब्धी बृद्विकाे लागि वडास्तरिय परीक्षा सञ्चालन गरिएकाे हाे ।
परिक्षामा केन्दअध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको व्यवस्था गरेर सञ्चालन गरिने जनाइएकाे छ ।
सोमबार परीक्षा सन्चालन सम्बन्धी विभिन्न निर्णय गर्न जट्टेश्वरी मा बि मा परीक्षा समिती र शिक्षकहरुको सयुंक्त बैठक बसेकाे थियाे । बैठकले केन्द्राध्यक्ष, केन्द्राध्यक्ष तथा निरीक्षक नियुक्ती दिनुकाे साथै परीक्षाका आचारसंहिता समेत जारी गरेकाे छ ।




















Discussion about this post