लिखुपिके गाउँपालिकामा कार्यशाला सम्पन्न

सोलुखुम्बु-लिखुपिके गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सम्पन भएको छ । पालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा संचालित कार्यशालाको समापन गाउँपालिका अध्यक्ष मिना कार्की (बस्नेत) ले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले शिक्षा योजना निर्माणले लिखुपिकेको शैक्षिक सुधार हुने विश्वास व्यक्त गर्दै रीड नेपालको शिक्षा क्षेत्रको भुमिका अतुलनीय रहेको भन्दै धन्यवाद दिनु भयो । समापन कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य राख्दै पुण्य केसीले कार्यशालाले शिक्षा क्षेत्रको महत्त्वपूर्ण विश्लेषण भएकोले शिक्षा योजना राम्रो हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बनेका शिक्षा योजना आगामी दिनमा पुर्ण कार्यन्वयन गराउन गाउँपालिका लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिज्ञान तथा प्रबिधी मन्त्रालयका उप- सचिब मेघनाथ शर्माले ३ दिने कार्यशालामा आएका बिषयहरुलाई बैशाखको अन्तिमसम्म आगामी ५ बर्षे शिक्षा योजनाको प्रोफाइल तयार हुँने बताउनुभयो । त्यस्तै यो कार्याशाला फलदायि भएको पनि बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै रीड नेपालका मुल्यांकन अनुगमन प्रबन्धक उपेन्द्रराज जोसीले योजना सँगै कार्यन्वयन महत्त्वपूर्ण हुने बताउनु भयो । सहभागी सबैलाई धन्यवाद ग्यापन गर्दै रीड नेपाल लिखुपिके गाउँपालिका शिक्षा बिकास अधिकृत राजिव ढुङ्गानाले ३ दिने कार्यशाला महत्त्वपूर्ण भएको विश्वास व्यक्त समेत गर्नुभयो ।

कार्यक्रममा आगामी ५ वर्षे शिक्षाको गुणस्तर कंहा पुर्याउने भन्ने दूरदृष्टि सहितको योजना तयार गरेको लिखुपिके गाउँपालिका शिक्षा संयोजक रेखराज बस्नेतले बताउनुभयो ।

कार्यक्रममा हिमगंगा माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत(नबराज)ले शैक्षिक सुधार गर्न यो अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक अभिभावक संघ का अध्यक्षहरु विभिन्न विद्यालयका प्र.अहरु , संञ्चारकर्मी, स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षा बिज्ञान प्रबिधि मन्त्रालयका उप- सचिव मेघनाथ शर्माले र , रीड नेपालका अनुगमन तथा मूल्याकंन प्रबन्धक उपेन्द्रराज जोसी र रीड नेपाल लिखुपिके गाउँपालिकाका शिक्षा बिकास अधिकृत राजिव ढुङ्गानाले गर्नुभएको थियो । यहि प्रकृतिको कार्यशाला सोलुखुम्बु सबैजसो पालिकामा सम्पन्न भईसकेको छ भने केहि गाउँपालिकामा चलिरहेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबदेव गिरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार