महाकुलुङ गाउँपालिकामा कार्यशाला सम्पन्न

सोलुखुम्बु-महाकुलुङ गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सम्पन भएको छ । पालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा संचालित कार्यशालाको समापन गाउँपालिका उपाध्यक्ष विपना कुलुङले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष कुलुङले शिक्षा योजना निर्माणले महाकुलुङको शैक्षिक सुधार हुने विश्वास व्यक्त गर्दै रीड नेपालको शिक्षा क्षेत्रको भुमिका अतुलनीय रहेको भन्दै धन्यवाद दिनु भयो समापन कार्यक्रममा सहभागीको तर्फबाट मन्तव्य राख्दै सोताङ पब्लिक क्याम्पसका उप प्राध्यापक राम बहादुर बस्नेतले कार्यशालाले शिक्षा क्षेत्रको महत्त्वपूर्ण विश्लेषण भएकोले शिक्षा योजना राम्रो हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा वडा अध्यक्ष
वि व्य स अद्यक्ष ले कार्यशाला प्रभावकारी भएको मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै रीड नेपालका शिक्षा विकास सयोजक केशव देव गिरीले योजना बनाउनु भन्दा पनि कार्यन्वयन महत्त्वपूर्ण हुने बताउनु भयो । सहभागी सबैलाई धन्यवाद ग्यापन गर्दै महाकुलुङको शिक्षा योजना निर्माणमा कार्यशाला कोसेढुङा हुने विश्वास व्यक्त समेत गर्नुभयो ।

कार्यक्रममा पालिकाका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सह सचिव निरा शाक्य र नेपाल सरकारका उप सचिव रेवती प्रसाद पराजुलीले गर्नु भएको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशव देव गिरीले सिधा प्रेसलाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार