रामेछाप– पैसाको झोला चोरी गरेर फरार भएका रामेछापका माझि पक्राउ परेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका– १ करम बोट स्थित आफ्नै खेतमा मन्दिरा खत्रिले पैसाको झोला राखेर काम गरि राखेको अवस्थामा झोला चोरी फरार भएका २० वर्षिय पुष्कर माझीलाई प्रहरीले जखनिटारबाट पक्राउ गरेको हो । माझिले चोरी गरेको झोला, नगद १२ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरि थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।



















Discussion about this post