सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कार्यशाला गोष्ठी सुरु

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राबिधिक सहयोगमा गाउँ पालिकाको शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला आजबाट लिखुपिके गाउँपालिकामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गाउँ पालिका अध्यक्ष मिना कार्की(बस्नेत) ले गर्नु भयो ।

कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष बस्नेतले योजनामा व्यवाहारिक तथा प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले रीड नेपालको सहकार्यले लिखुपिकेको शिक्षा क्षेत्र सुधारमा परिवर्तन आउनेमा ढुक्क रहेको बताउनुभयो । साथै रीड नेपालले बिगतका दिनमा जसरी शिक्षा क्षेत्र सुधार गर्न
लिखुपिकेमा लागेको छ आगामी दिनमा पनि उत्तिकै सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले शैक्षिक सुधार गर्नको लागि योजना महत्त्वपूर्ण रहेको बताउँनुभयो । त्यस्तै वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेतले आफ्नो वडाको शिक्षाको अहिलेको वास्तविक अवस्थाको बारेमा जानाकारी गराउनुभयो । त्यस्तै वडा १ का वडा अध्यक्ष मिङमर गेल्जे शेर्पाले आफ्नो वडामा बिद्यालयको भौतिक संरचना गुणस्तरीय नभएको समेत बताउनुभयो ।

कार्यक्रममा आगामी ५ वर्षे शिक्षाको गुणस्तर कंहा पुर्याउने भन्ने दूरदृष्टि सहितको योजना तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको लिखुपिके गाउँपालिका शिक्षा संयोजक रेखराज बस्नेतले बताउनुभयो ।

कार्यक्रममा हिमगंगा माध्यामिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नारायण बहादुर बस्नेत(नबराज)ले शैक्षिक सुधार गर्न यो अन्तरक्रिया कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक अभिभावक संघ का अध्यक्षहरु विभिन्न विद्यालयका प्र.अहरु , संञ्चारकर्मी, स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको सहजीकरण शिक्षा बिज्ञान प्रबिधि मन्त्रालयका उप-सचिव मेघनाथ शर्मा, रीड नेपालका अनुगमन तथा मुल्यांकन प्रबन्धक उपेन्द्रराज जोसी र रीड नेपाल लिखुपिकेका शिक्षा बिकास अधिकृत राजिव ढुङ्गानाले गरिरहनु भएको छ । यो भन्दा आगाडी रीड नेपालले थुलुङ दुधकोशी , सोलु दुधकुण्ड, नेचा र सोताङ गाउँपालिकामा यही प्रकृतिको कार्यशाला संचालन गरिसकेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबदेब गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार