ओखलढुंगाको खिजीदेम्बामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ओखलढुंगा-खिजीदेम्बा गाउँपालिका वडा नं. ६ बन्सेमा सरोकारवालासँग अभिमूखिकरण कार्यक्रम गरिएको छ । लिखुदेम्बा सामुदायीक विकास मञ्चको आयोजनामा तथा ब्रेड फर द वल्र्ड जर्मन सरकारको सहयोगमा पालिकाभित्रका सरोकारवाला तथा स्थानीयहरुसँग अभिमूखिकरणसँगै अन्तक्रिया गरिएको हो ।
संस्थाले सन् २०२३ को लागि गाउँपालिकामा रु.१७ लाख बराबरको कार्यक्रम सञ्चालन गर्ने भएकाले अभिमूखिकरण गरिएको वडा नं. ६ का वडा अध्यक्ष पासाङनिमा शेर्पाले जानकरी दिनुभयो ।

कार्यक्रम अन्तर्गत गाउँपालिकासँगको समन्वयमा विकासका लागि साझेदारी परियोजना कार्यक्रम र नौ ओटै वडामा नागरीक समाज गठन गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रत्येक वडामा नागरिक कार्यलय खोल्ने, गाउँटोल, विकास र माग गर्ने योजना निर्माण गर्न सिकाउने, झैझगडा र मनमुटाव जस्ता समस्या समाधान गर्न, हिंसा तथा घर परिवारमा घट्ने द्वान्दहरूमा मेलमिलाप गर्न र आत्माहत्या न्यूनीकरणका लागि जनचेतानामुलक कार्यक्रम गरी शिक्षित र सुन्दर खिजीदेम्बा निर्माण गर्ने योजना रहेको बताईएको छ ।

जसअन्तर्गत वडा नं. ६ मा निवर्तन वडाअध्यक्ष छत्रबहादुर तामाङको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिती गठन गरिएको छ । परियोजनाअन्तर्गत समाजका पदाधीकारीहरुलाई आवश्यक तालिम उपलब्ध गराउने कार्यक्रम रहेको अध्यक्ष शेर्पाको भानाई छ । बेतिथीलाई अन्त्य गर्नको लागि स्थानीय सरकारलाई सजग गराउने उद्देश्यले समाज गठन गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार