सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कार्यशाला गोष्ठी सुरु

सोलुखुम्बु-महाकुलुङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्रावधिक सहयोगमा पालिकाको शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला आजबाट सुरु भएको छ कार्यक्रमको उद्घाटन गाउँ पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले गर्नु भयो कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुलुङले योजनामा व्यवाहारिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो कितावी ज्ञान मात्र भएर नहुने भन्दै बालबालिकाको व्यवाहारिक सीप विकास अझै महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रमको उद्देश्य माथी प्रकास पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले शैक्षिक सुधार गर्नको लागि योजना महत्त्वपूर्ण रहेको बताउदै शिक्षा को अहिलेको वास्तविक अवस्था विश्लेषण गर्दै आगामी ५ वर्षे शिक्षाको गुणस्तर कंहा पुर्याउने भन्ने दूरदृष्टि सहितको रोड म्याम तयार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा सामाजिक विकास समिति सयोजक पर्खिधन नाछिरिङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो उद्घाटन कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख झमक कटुवालले गर्नु भएको थियो !
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ वडाध्यक्षहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक अभिभावक संघ का अध्यक्षहरु विभिन्न विद्यालयका प्र.अहरु स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सह सचिव निरा शाक्य र नेपाल सरकारका उप सचिव रेवती प्रसाद पराजुलीले गरिरहनु भएको छ । यो भन्दा आगाडी रीड नेपालले थुलुङ दुधकोशी , सोलु दुधकुण्ड, नेचा र सोताङ गाउँपालिकामा यही प्रकृतिको कार्यशाला संचालन गरिसकेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबदेब गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार