बुद्व मा.बि. गोलीमा अबिभाबक भेला सम्पन्न

सोलुखुम्बु-लिखुपिके गाउँपालिका वडा न २ गोलीमा रहेको बुद्व माध्यामिक बिद्यालयमा अबिभाबक भेला सम्पन्न भएको छ । लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, शिक्षा शाखा संयोजक रेखराज बस्नेत लगायत बिद्यालय नि. प्रधानध्यापक भोजकुमार खत्री, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तेज बहादुर बस्नेत (बिनोद) लगायतको उपस्थितिमा उक्त बिद्यायको अबिभाबक भेला भएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा आफ्नो तीन बर्षे कार्यकाल शैक्षिक सुधारमा चुनौतीपूर्ण बितेको नि बर्तमान बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तेज बहादुर बस्नेत(बिनोद) ले बताउनुभयो । साथै उहाँले आफ्नो कार्यकालभरी सकेसम्म लागिपरेर हरक्षण बिद्यालयको शैक्षिक,भौतिक क्षेत्रलाई सुधार गर्नलाई लागेको बताउनु भयो । त्यस्तै उहाँले बिद्यालयमा राम्रो काम गरेको प्रशंसा दिने भन्दा साना दिन कमजोरीलाई ठुलो बनाउँदै सामाजिक सञ्जालमा प्रचार बाजी गरेको प्रति दु.ख ब्यक्त गर्नुभयो ।

शिक्षा शाखा संयोजक रेखराज बस्नेत, हालसम्म बिद्यालयलाई प्रगतीको पदमा लानको निम्ति जसरी बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तेजबहादुर बस्नेतको ठुलो भुमिका रहेको बताउनुभयो । साथै संयोजक बस्नेतले यसअघि ब्यबस्थापन समिती अध्यक्ष तेजबहादुर बस्नेतले बिद्यालयमा गरेको योगदानको उच्च कदर गर्नुभयो ।
बुद्व माबि गोलीका नि प्रधानध्यापक
भोजकुमार खत्री कार्य भार सबै प्राप्त गरिनसकेता पनि स्थानिय शिक्षकको हैसियतले सकेसम्म यो शैक्षिक सत्रमा बिद्यालयलाई शैक्षिक क्षेत्रमा गुणस्तरीय ल्याउन सकेसम्म प्रयास गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा कक्षा १२ सम्म सञ्चालन गराउन गाउँपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।
बिद्यालयका शिक्षक टंक प्रसाद खतिवडाले बिद्यालयमा इन्टरनेट सेवामा समस्या आएको कारण कतिपय इन्टरनेटबाट गर्नुपर्ने कामकाजमा समस्या आएकाले गाउँपालिकालाई इन्टरनेटलाई सहर्ज ब्यबस्था मिलाईदिन आग्रह गर्नुभयो । साथै उहाँले बिद्यालयको आर्थिक प्रतिबेदन समेत प्रस्तुत गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष मिना बस्नेत (कार्की) ले बिद्यालय पबित्र मन्दिर भएकाले सबैको साथ सहयोगले मात्र शैक्षिक गुणस्तर कायम गर्न सकिने बताउनुभयो । एक हातले तालिबज्दैन भनेझै यसमा शिक्षक बिद्यालय मात्र सुधार गर्न नसकिने भएकाले अबिभाकहरुले पनि उतिकै जिम्मेवारी बन्नुपर्ने बताउनु भयो । बाटो खन्ने मात्र बिकास नभएर शिक्षामा बिकास भयो भने मात्र गाउँपालिकाको बिकास हुने अध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रममा १ सयजना भन्दा माथी अबिभाबको उपस्थिति रहेको थियो ।

नयाँ बिद्यालय ब्यबस्थापन समितीको लागि
अभिभावक बाट छनोट भएका सदस्यहरु निम्न अनुसार चुनिएका छन । अब यसैमध्यबाट बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष चुनिने बिद्यालयले जनाएको छ ।
१.मोहन बहादुर खड्का मेस्कि
२.मान बहादुर खड्का मैली
३.लक्ष्मी बस्नेत यर्माखु
४.चेत कुमारी खत्री गोलि
(मनोनित)
केदार कुमार बस्नेत गोलि
तेज बहादुर बस्नेत यर्माखु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार