सिन्धुली दुर्घटनामा मृत्यु हुने ३ जनाको सनाखत भयो, ३ जनाको बाँकी

ओखलढुंगा- ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कलस्थित कुइभीरमा दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ३ जनाको सनाखत भएको छ । ३ जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

सनाखत भएका मृतकममा सोही गाडीका सहचालक मानेभञ्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देबबहादुर सार्की, सिद्धिचरण नगरपालिका ३ का अन्दाजी ३०/३२ वर्षीय पेशल भूजेल र उदयपुरको कटारी नगरपालिका २ बस्ने अन्दाजी ३०/३४ वर्षीया कुमारी क्याप्छाकी मगर रहेका छन् ।

अन्य २ महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार