ओखलढुंगाको लिखु गाउँपालिका ७ का अमरबहादुर गुरुङको घर आगलागी हुँदा ३० लाख बराबरको क्षति

ओखलढुंगा-ओखलढुंगाको लिखु गाउँपालिका ७ को गुरुङडाँडाका अमरबहादुर गुरुङको घर आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ । आज साढे २ बजेको समयमा भएको आगलागीबाट गुरुङका २ वटा घर जलेर पूर्णरुपमा क्षति भएको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीबाट पशुचौपाया, सुन, लत्ताकपडा, भाडावर्तन, अन्नपातलगायतका वस्तु क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आगो फुक्ने क्रममा अचानक आगो सल्कन गई आगलागी भएको प्रहरीको भनाई छ । आगो २ घण्टापछि नियन्त्रणमा आए पनि दुवै घर पूर्णरुपमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार