ओखलढुंगा- गुडिरहेको सुमो गाडीमा अचानक आगलागी भएको छ । काठमाण्डौ देखी सोलुखुम्बु तर्फ आउदै गरेको ना १ ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो । सिद्धिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिक गुडिरहेको सुमोमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देबेन्द्र दासले बताए ।
घटनामा मानविय क्षती नभएको प्रहरी निरिक्षक दासको भनाई छ । सुमाेमा नाै जना सवार थिए । उकालोमा गाडी अत्याधिक तातेका कारण वायरिङ्ग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक केसीको नेतृत्वमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।



















Discussion about this post