सोलुखुम्बु । रीड नेपालको आयोजना तथा लिखुपिके गाउँपालिकाको समन्वयमा ५ वर्षे स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी बैठक सम्पन्न भएको छ । लिखुपिके गाउँपालिकामा बैठक सम्पन्न भएको हो ।

बैठकमा योजना निर्माणका लागि कार्यशाला गोष्ठीको मिति तय, सहभागी सूची निर्धारण, योजना तर्जुमा समिति निर्माण तथा कार्यशाला संचालनका लागि आवश्यक तथ्यांक संकलन गर्ने निर्णय गरिएको छ ।
निर्माण समितिमा गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति साथै शिक्षाप्रेमी, रीड नेपाललाई समावेश गरिएको रीड नेपालका लिखुपिके गाउँपालिकाका शिक्षा संयोजक राजिब ढुङ्गानाले जानकारी दिनुभयो ।
रीड नेपालको तर्फबाट बैठकको प्रस्ताव तथा शैक्षिक योजनाको ढाँचा रीड नेपालका अनुगमन तथा मूल्यांकन प्रबन्धक उपेन्द्रराज जोशीले प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय तह शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी चैत्र ३,४ र ५ गते लिखुपिके गाउँपालिकामा हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा रीड नेपालको सहजीकरण रीड नेपालका विषय विज्ञहरुबाट गर्ने रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबराज गिरीले जानाकारी दिनुभयो ।
कार्यशालामा गाउँपालिका शिक्षा समिति, सबै वडाध्यक्ष, माध्यमिक तहका सबै प्रद्यानाध्यापक, स्थानीय स्रोत शिक्षक, फोकल शिक्षक, सञ्चारकर्मी ,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, बालक्लब, अन्य सरोकारवाला, लगाएतको उपस्थिति रहने रीड नेपालले जनाएको छ
लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की ( बस्नेत) को अध्यक्षतामा सम्पन्न बैठकमा लिखुपिके गाउँपालिका वडा ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, वडा ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत,लिखुपिके शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक रेखराज बस्नेत, गाउँपालिका शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की (बस्नेत) ले शिक्षा महत्त्वपूर्ण भएकोले यो योजना निर्माणले गाउँपालिका शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै शिक्षा संयोजक बस्नेतले शिक्षा क्षेत्र सुधार गर्न सबैको सहयोग रहेको बताउनुभयो । वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले शिक्षा सुधार गर्न अबसर चुनौती दुबै रहेकाले यसलाई सबैको सहयोगबाट शैक्षिक सुधार गर्न सकिने भएकाले रीड नेपाल सँगको सहकार्य महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
साथै आजकै बैठकले पन्चबर्षिय शिक्षा योजना सम्बन्धि समिती समेत बनेको छ ।



















Discussion about this post