सोलुखुम्बु-लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा द्वारा लिखुपिके ३ मा रहेको बिद्यादात्री आधारभुत बिद्यालयका २० बिद्यार्थीलाई बिद्यालय पोषक बितरण गरिएको छ । लिखुपिके गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका ङवाङ ल्हाक्पा शेर्पाले आफ्नो ब्यक्तिगत खर्चमा उक्त बिद्यालयका बिद्यार्थीहरुलाई पोषक बितरण गरिएको उपाध्यक्ष शेर्पाले सिधा प्रेसलाई जानाकारी दिनुभयो । 
शेर्पाले यस अघि बिदेशी दाताको सहयोगमा लिखुपिके १ र ५ रहेका आधारभुत बिद्यालयहरुमा पोषक बितरण गर्नुभएको थियो । पोषक बितरणमा गाउँपालिका अध्यक्ष मिना कार्की(बस्नेत) वडा ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत बिद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
बिद्यालयमा सहयोग गर्ने दाता उपाध्यक्ष शेर्पा बिद्यालयको तर्फबाट सँधै धन्यवादको पात्र बनिरहने उक्त बिद्यालय प्रधानध्यापक शिब बहादुर खड्काले बताउनु भयो । सहयोगी दातालाई बिद्यालयले सम्मान गरेको छ ।



















Discussion about this post