ओखलढुंगामा एक वृद्वा दम्पतीको शव झुण्डिएको अवस्थामा फेला

सोलुखुम्बु:ओखलढुंगामा एक वृद्वा दम्पतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मोलुङ गाउँपालिका २ लामिडाँडाका ७० वर्षिय हेमप्रसाद दाहाल र श्रीमती ६९ वर्षीया बेदुका दाहाल घर नजिकैका रुखमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी देबेन्द्र दासले जानकाररी दिनुभयो ।
घरबाट करिब २ सय मिटर पूर्वमा खनिउको रुखमा श्रीमान र करिब ४० मिटर सिरिसको रुखमा श्रीमती झुण्डीएको अबस्थामा फेला परेको प्रहरी निरीक्षक दासले बताउँनुभयो । आत्महत्या वा हत्या के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । घटना शंकास्पद रहेको र दाहाल दम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार