सोलुखुम्बु-लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्पलाल धमला एक बर्ष नबित्दै सरुवा भएका छन। संघिय मामिला मन्त्रालयमा स्थाई दरबन्दी भएका धमलाले काजमा २०७८ साल चैत्र ६ गते बाट लिखुपिके गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी समालेका थिए । धमला रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा काजमानै सरुवा भएका हुन ।
शुक्रबार गाउँपालिकामा एक कार्यक्रममा बीच उनलाई बिदाई गरिएको हो । वडा न ३ का वडा अध्यक्ष धुर्ब बहादुर बस्नेत, गाउँपालिकाका सबै शाखाका कर्मचारी लगायतको उपस्थितिमा बिदाई गरिएको हो ।

उक्त कार्यक्रम मार्फत आफ्नो धाराणा राख्दै अधिकृत धमालाले स्वागतमा भन्दा बिदाईमा मायाँ पाएकाले आफ्नो काम,कर्तव्य जिम्मेवारी कुशलतापुर्बक सम्माल्दै लिखुपिकेको बसाई सुखद रहेको बताए । साथै उनले आफु जहाँ रहेपनि लिखुपिकेलाई कहिल्यै नभुल्ने बताए ।



















Discussion about this post