रीड नेपालको आयोजनामा ३ दिने कार्याशाला गोष्ठी सल्लेरीमा सुरु

सोलुखुम्बु -सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक तथा सहकार्यमा आजबाट ३ दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सल्लेरीमा सुरु भएको छ, कार्यशालामा नगर उप प्रमुख वडाअध्यक्ष,शिक्षा समितिका सदस्य, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, शिक्षा प्रेमी विव्यस अध्यक्षहरु,नगरपालिकाका शाखा प्रमुखहरुसहित ५० जनाको सहभागिता रहेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशर राज गिरीले बताउनुभयो ।
कार्यक्रम उद्घाटनमा बोल्दै उपमेयर गान्धीमाया तामाङले शिक्षा महत्त्वपूर्ण भएकोले यो योजना निर्माणले सोलुदुधकुण्डको शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भयो योजना निर्माण नगरपालिकाको नै दायित्त्व भएको भएतापनि रीड नेपालले पहलकदमी चालेर प्राविधिक तथा आर्थिक स्रोत समेत लगानी गरेर ठुलो सहयोग गरेकोमा रीड नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले स्थानीय तहमा शिक्षाको प्लान अतिआवश्यक भएको बताउदै प्लानले शैक्षिक सुधार हुने विश्वास व्यक्त गर्नु भयो ! कार्यक्रम को उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले कार्यशालाको मुख्य उद्देश्य नगरपालिकाको शिक्षाको वास्तविक अवस्था विश्लेषण गर्दै शिक्षामा रहेका सकारात्मक पक्ष सुधार गर्नुपर्ने पक्ष अवसर र चुनौतीको विश्लेषण गर्दै वास्तविक अवस्था पत्तालगाई ५ वर्ष भित्र शिक्षालाई कहाँ पुर्याउने भन्ने निष्कर्ष निकाल्नु रहेको बताउनु भयो
कार्यक्रमको सहजीकर विषय विज्ञ निरा शाक्य र डिल्ली प्रसाद डोटेलले गर्नु भएको थियो आजको कार्यशालामा योजना निर्माण अवधारणा ,प्रक्रिया, चरण वर्तमान शिक्षाको अवस्था विश्लेषण गरिएको छ कार्यशाला ३ दिन सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार