सोलुखुम्बु-तीन दिनअघि कामको सिलसिलामा मृत्यु भएका कटुवालका परिवारलाई क्षतिपूर्ति र रोजगारी लगायतको माग राख्दै लिखु जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तले शव बुझ्न मानिरहेका छैनन् ।
दुगड हाइड्रोपावर द्वारा निर्माणाधीन लिखु १ जलविद्युत् आयोजनामा कार्यरत सवारी चालक रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलीका ४१ वर्षीय उद्वब बहादुर कटुवालको बिहीबार काममै रहेका बेला मृत्यु भएको थियो ।
आयोजना स्थलबाट उपचारका लागि आयोजनाबाट संचालित किन्जा स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचार सुरु नगर्दै स्वास्थ्य केन्द्रले उनको मृत्यु भएको घोषणा गरेको थियो ।
मृतकका आफन्तले आयोजनाले कटुवालको परिवारलाई उनी बिरामी भएको जानकारी उचित समयमा थाहा नपाउँदा यस्तो देख्नु परेको बताउनुभयो ।
मृतक कटुवालकी ढेड महिनाको सुत्केरी पत्नी संगीता थापा कटुवाल उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र बालबच्चाको पठनपाठनको ३ बुँदे मागसहित किन्जामा बसेकी छन् । स्वास्थ्य चौकीमा रहेको पतिको शव बुझ्न संगीताले मानिरहेकी छैनन् । परिवारजनले कम्तीमा २० लाख क्षतिपूर्तिसहितको माग अघि सारेको मृतका आफन्त बताउँछन ।
परिवारजनलाई रोजगारी, लालनपालन र शिक्षाको खर्च व्यवस्थापनको बारेमा निर्णय
नछोडी सब बुझेका छैनन । परिवारजन भने आयोजनाले कम्तीमा २० लाख दिनु पर्ने माग गरिरहेका छन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले तीन दिनदेखि अलपत्र परेको शव बुझाउनका लागि रामेछाप र सोलु तर्फबाट पहल भइरहेको बताउँनुभयो ।
दुगड समूहबाट निर्माणाधीन जलविद्युत आयोजनामाथि स्थानीयले यसअघि पनि विभिन्न माग राख्दै आएकोमा उक्त मागप्रति आयोजना संवेदनशील नभएको गुनासो जनप्रतिनिधिहरुले गर्दै आएका छन् । जग्गाको मुआव्जा, सडक निर्माण, वातावरणमा असर, पानीको उपयोग, वनजंगलको विनास, क्षतिपूर्ति र रोजगारी लगायत विषयमा विगतदेखि स्थानीयले उठाउँदै आएका छन् ।



















Discussion about this post