सोलुखुम्बु :कार्य सम्पादन सुचक मूल्यांकनमा ओखलढुंगाको ८ स्थानीय तहमध्ये खिजीदेम्बा गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन सूचक मूल्यांकनमा खिजीदेम्बाले ५९.८३ अंक प्राप्त गर्दै पहिलो भएको हो ।
असार १० गतेभित्र राजस्व र व्ययको अनुमान गाउँसभा – नगरसभामा गरे नगरेको, असार मसान्तभित्र राजस्व र व्ययको अनुमान पारित गरे नगरेको, आर्थिक वर्ष २०७७÷०७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे नगरेको, आवधिक योजना तर्जुमा गरे नगरेको लगायतका सुचकको आधारमा कार्यसम्पादन सुचक मूल्यांकन गरिएको हो ।
खिजीदेम्बा गाँउपालिका अध्यक्ष गम्बु शेर्पाले कार्य सम्पादनमा आफ्नो पालिका ओखलढुंगा जिल्लामा पहिलो भएपछि उत्साहसंगै चुनौती पनि थपिएको बताउनुभयो । अध्यक्ष शेर्पाले आगामी दिनमा पनि खिजीदेम्बालाई उत्कृष्ठ बनाउन सधै लागि पर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।



















Discussion about this post