सोलुखुम्बु-रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वय तथा सहकार्यमा स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक महाकुलुङ गाउँपालिकामा सम्पन्न भएको छ, गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङ को अध्यक्षतामा सम्पन्न भएको वैठकमा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ,प्रमुख प्रशाशाकीय अधिकृत पदम बहादुर बस्नेत, वडा अध्यक्षहरु लगाएत गाउँकार्यपालिका समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । वैठकले विभिन्न निर्णय गरेको रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशब देब गिरीले जानाकारी दिनुभयो ।
जसअनुसार , योजना निर्माण कार्यशाला गोष्ठीको मिति तय गरेको छ जस अनुसार चैत्र २ देखि ४ गते कार्यशाला संचालन गर्ने त्यसै गरी बैठकले शिक्षा शाखा प्रमुख झमक बहादुर कटुवालको सयोजकत्वमा १५ सदस्यीय योजना निर्माण समिति समेत गठन गरेको छ, सदस्यमा रीड नेपालबाट शिक्षा विकास सयोजक केशव गिरी, शिक्षा विकास अधिकृत सरद गौतम लगाएत ,वडा अध्यक्ष,शिक्षा प्रेमी, प्र अ तथा शिक्षकहरुलाई समेटिएको छ, त्यसै गरी वैठकबाट स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिसत खर्च पालिकाले बेहोर्ने निर्णय गरेको छ।
कार्यक्रमको सहजीकरण रीड नेपालका अनुगमन तथा मुयांकन प्रबन्धक उपेन्द्रराज जोशी र शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नु भएको थियो ! कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यबहादुर कुलुङले शिक्षा योजना निर्माण आफ्नो प्राथमिकतामा पनि रहेको हुँदा यसलाई रीड नेपालले सहकार्यगरेर योजना निर्माण गर्न बैठक को आयोजना गरेकोमा खुसि व्यक्त गर्दै पालिकाको पूर्ण समर्थन र साथ रहने प्रतिबद्धता व्यक्त गर्नु भयो , योजना निर्माणमा समितिका सम्पूर्ण सदस्यलाई सक्रिय भएर लाग्न निर्देशन दिनु भयो ।
रीड नेपालले खुम्बुपासाङल्हामु बाहेक सोलुखुम्बुका ७ ओटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ ! यो भन्दा अगाडी यही प्रकृतिको बैठक थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न भैसकेको रीड नेपालले जनाएको छ !!



















Discussion about this post