लिखुपिकेमा स्थानिय स्काउट कार्यलय उदघाटन

सोलुखुम्बु -१ न प्रदेस स्काउट अन्तर्गत सोलुखुम्बु जिल्ला को लिखु पिके गाउपालिका स्थानीय स्काउट कार्यालय को बुधबार एक कार्यक्रमका बिच पालिका अध्यक्ष मिना देबि बस्नेतले स्काउट का जन्मदाता बेडेन पावल को तस्बिर मा दिप प्रज्वलन गर्दै उदघाटन गर्नु भएको छ।
स्काउट ले बालबालिकाहरु को सामाजिक ,मानसिक ,तथा सम्बेगात्मक एबम शारिरीक बिकास गर्दै एक असल र जिम्मेवार नागरिक बनाउन मुख्य भुमिका निर्बाह गर्ने भएको हुदा ,स्काउट बिस्तार र बिकास का लागि सधै लागि पर्ने बताउनु भयो । स्काउट का जन्मदाता बेडेन पाबेल को सुभ जन्म दिन को अबसर पार्दै पालिका स्तरीय कार्यलय को उदघाटनमा गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा, शिक्षा संयोजक रेखराज बस्नेत लगाएत अन्य जनप्रतिनिधि हरु समेत को सहभागिता रहेको लिखुपिके स्काउट संयोजक उदक बस्नेतले बताउनुभयो । कार्यालय उदघाटनमा स्काउट शिक्षक लाक्पा शेर्पा,मोहन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार