लिखुपिकेमा प्रथम अध्यक्ष कप जारी

सोलुखुम्बु-लिखुपिके गाउँपालिकाको प्रायोजन शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा यहि फाल्गुन ७ गते देखि ९ गतेसम्म सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप अन्तर्गत सोमबार बिभिन्न प्रतियोगिताहरु भएका छन । जस अनुसार भलिबल खेल तर्फ ७ टिमको सहभागिता रहेको मध्य वडा न ३ ए, वडा न ४ ए र आयोजक बाहिरिएका छन भने वडा न २ को ए र वडा न ५ त्यस्तै वडा न २ को बि र वडा न ४ को बि फाईनलमा प्रबेश गरेको आयोजकले जनाएको छ ।

त्यस्तै महिला कब्बडीतर्फ लिखुपिके ३ मा रहेको हिमगंगा माबि प्रथम, लिखुपिके ४ द्वितिय, वडा न २ मा रहेको कमलामाई तृतिय र वडा न २ मा रहेको बुुद्व माबिले सान्त्वना हात पारेका छन ।
त्यस्तै पुरुष सटफुट खेलतर्फ वडा न २ का बिष्णु बस्नेत प्रथम, लिखुपिक ४ का असोक खड्का द्वितीय , लिखुपिके २ का मणिराज बस्नेत तृतिय र वडा २ कै बिशाल बस्नेतले सान्त्वना स्थान हाँसिल गरेको आयोजकले बताएको छ । भोलि म्याराथन ,सटफुट, हाईजम्प लमजम्प , ब्याडमिन्टन ,सियोधागो लगायतका खेल हुनेछन ।
कार्यक्रम भोलि मङ्गलबारनै समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार