रीड नेपाल द्वारा माप्य दुधकोशी गाउँपालिकामा स्थानिय तह शिक्षा क्षेत्र सुधार योजना बैठक सम्पन्न

सोलुखुम्बु
रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा आज स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठक माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न भएको वैठकमा गाउँपालिका उपाध्यक्ष गौरव राई लगाएत शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो रीड नेपाल सोलुखुम्बुका शिक्षा बिकास संयोजक केशबदेब गिरीले बताउनुभयो । वैठकले विभिन्न निर्णय गरेको छ ।
जसअनुसार , योजना निर्माण कार्यशाला गोष्ठीको मिति तय गरेको छ जस अनुसार फागुन २८ देखि ३० गते कार्यशाला संचालन गर्ने त्यसै गरी बैठकले शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईको सयोजकत्वमा १५ सदस्यीय योजना निर्माण समिति समेत गठन गरेको सदस्यमा रीड नेपालबाट शिक्षा विकास सयोजक केशव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई र विष्णु उपाध्याय लगाएत पालिका शिक्षा समितिका सदस्य तथा प्र अ शिक्षक हरुलाई समेटिएको छ, त्यसै गरी वैठकबाट स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिसत खर्च पालिकाले बेहोर्ने निर्णय गरेको छ।

कार्यक्रमको सहजीकरण रीड नेपालका अनुगमन तथा मुयांकन प्रबन्धक उपेन्द्रराज जोशी र शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नु भएको थियो ! कार्यक्रममा बोल्दै गाउँ पालिका उपाध्यक्ष गौरब राईले बैठक महत्त्वपूर्ण भएको यसले योजना निर्माणमा ठुलो महत्त्व राख्ने बताउदै योजना निर्माणका लागि सम्पूर्ण सहयोग गर्न पालिका तयार रहेको बताउनु भयो त्यस्तै पालिका अध्यक्ष बुद्धिकिरण राईले कार्यक्रममा बोल्दै यो योजना निर्माण अति नै आवश्यक रहेको र रीडले यसमा सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै योजना निर्माणले समग्र पालिकाको शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास लिएको बताउनु भयो।

रीड नेपालले खुम्बुपासाङल्हामु बाहेक सोलुखुम्बुका ७ ओटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ । हिजो मात्र यही प्रकृतिको बैठक थुलुङ दुधकोशी गाउँपालिकामा सम्पन्न भैसकेको रीड नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार