सृजना बिक रामेछाप
गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालिकी ७१ वर्षिया बृद्वा पद्यम कुमारी खड्काको शंकास्पद मृत्यु भएको हो । खड्काको शव घरभित्र जलेको अवस्थामा फेला परेको रामेछापका प्रहरी नायव उपरिक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो । आईतबार अवेरसम्म घर बाहिर ननिस्किएपछि छिमेकीले घरमा गई खाजी उनि जलेको अवस्थामा फेला परेकी थिइन । बृद्वाको शरीरको आधा भाग जलेको अवस्थामा शव फेला परेको रामेछाप प्रहरीले जनाएको छ ।
खड्का घरमा एक्दै बस्दै आएकी थिइन् ।



















Discussion about this post